कर्णाली नदी गाउँमा पस्दा बर्दियामा १२३७ घरपरिवार प्रभावित

File Photo
File Photo

आइतबार रातीदेखि परेको अविरल वर्षाले कर्णाली नदी बस्तीमा बस्दा बर्दियामा १ हजार २ सय ३७ घरपरिवार प्रभावित भएका छन्। कर्णाली नदीको तटीय क्षेत्रमा रहेको राजापुर नगरपालिकामा १ हजार २७ घरपरिवार  र गेरुवा गाउँपालिकामा २ सय १० घरपरिवार गरी जम्मा १ हजार २ सय ३७ घरपरिवार प्रभावित भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार कर्णाली नदीमा आएको बाढी पस्दा राजापुर नगरपालिकाको वडा नं.१ मा ७ सय ४८, वडा नं. ३ मा १ सय २० र वडा नं. ७ मा १ सय ५९ गरी जम्मा १ हजार २७ घरपरिवार प्रभावित भएका छन्। त्यस्तै गेरुवा गाउँपालिकाको वडा नं. २ मा १ एस र वडा नं. ३ मा १ सय १० गरी २ सय १० घरपरिवार प्रभाविपत भएका छन्।

बाढीबाट प्रभावित परिवारलाई विभिन्न सुरक्षित आश्रय स्थानमा राखिएको छ। राजापुर नगरपालिका अन्तर्गत सुरक्षित आश्रयस्थल चनौरामा ७०, मुर्गौहा उच्चस्थानमा ६०, मुर्गौहा आश्रयस्थलमा २५, दौलतपुर पशुपति स्कूलमा ६०, आरामिलमा २५, नंगापुर आश्रयस्थलमा १५ जना राखिएको छ।

त्यसैगरी चख्खापुर आश्रयस्थलमा १२ घरपरिवार,  भालुफाटाको आश्रयस्थलमा १ सय ५९ जना, गेरुवा गाउँपालिका अन्तर्गत सरस्वती आधारभूत विद्यालय बनकट्टीमा २४ घरपरिवार र अन्य छिमेकी तथा आफन्तहरुको घरमा बस्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

मंगलबार कर्णाली नदीले सतर्कता तह पार गरेकोमा अहिले भने घट्दै गएको छ। गएराती ९ बजे १३ दशमलव १० मिटर पुगेको कर्णाली नदीको बहाव आज विहान ८ घटेर ११ दशमलव ७० मिटरमा झरेको छ। नदीमा पानीको वहाव घट्दोक्रममा रहेको बर्दिया प्रशासनले जानाएको छ।

यसैबीच बाढीबाट प्रभावित भई आश्रयस्थलमा रहेका नागरिकहरुका मंगलबार विभिन्न सहयोग गरिएको छ। मंगलबार बेलुका स्थानीय तह, स्थानीय समुदाय रसमुह र बर्दिया अक्सिजन बैंकको सहयोगमा पिउने पानी, तयारी खाना र ११५ थान त्रीपाल वितरण गरिएको थियो।

बर्दिया प्रशासनले अझै पनि कार्णाली नदीमा जोखिम उच्च रहेको भन्दै नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जाने जस्ता असुरक्षित व्यवहार नगर्न आग्रह गरेको छ।
 

प्रकाशित मिति: : 2021-10-20 12:52:00

प्रतिकृया दिनुहोस्