भेट्रान्स फुटबलको तयारी पूरा, विजेताले पाँच लाख पाउने

Photo : NK
Photo : NK

पहिलो संस्करणको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

प्रतियोगिता ६ देखि १६ कात्तिकसम्म आयोजना हुनेछ। प्रतियोगिताका खेल दशरथ रंगशाला र आर्मी मैदान लगनखेलमा हुनेछ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स क्लब र फुटबल फेलोसिप क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल ११ बजे सुरु हुनेछ।

लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन्। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन्।

एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट ९एक हाफ ३० मिनेटको हुनेछ। खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

प्रतियोगिता आयोजना गर्न एन्फा, ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, भक्तपुर थिमी नगरपालिका र गोदावरी नगरपालिकाले सहयोग गरेका छन्। प्रतियोगिताको अनुमानित बजेट २२ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2021-10-21 15:57:00

प्रतिकृया दिनुहोस्