न्युजिल्याण्डसँग खेल्नुअघि भारतलाई झट्का, पाण्ड्या घाइते

File Photo
File Photo

यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ। भारतका मुख्य खेलाडी हार्दिक पाण्ड्या घाइते भएका छन्। आइतबार भएको खेलमा ब्याटिङको क्रममा पाण्ड्या घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ। 

बीसीसीआईका अनुसार पाण्ड्याको काँधमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो। पाण्ड्याले पाकिस्तानविरुद्ध ८ बलमा ११ रन बनाएका थिए। उनलाई पाकिस्तानी बलर हरिस रौफले आउट गरेका थिए। 

ब्याटिङ गरेपछि उनी फिल्डिङका लागि मैदानमा आएनन् र उनको ठाउँमा इशान किशन आएर फिल्डिङ गरेका थिए। उक्त खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।  पाण्ड्या घाइते भएपछि न्युजिल्याण्डसँग खेल्नुअघि भारतलाई झट्का लागेको हो।

पाण्ड्याको चोटको रिपोर्ट बाहिर नआएकोले न्युजिल्याण्डविरुद्धको खेलसम्म उनी पूर्ण रूपमा फिट छन् कि छैनन् त्यो भने हेर्न बाँकी छ। ३१ अक्टोबरमा भारतले आफ्नो दोस्रो खेलमा न्युजिल्याण्डको सामना गर्दै छ। 

प्रकाशित मिति: : 2021-10-25 10:15:00

प्रतिकृया दिनुहोस्