उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली

अनलाइनखबर

गौरव पोखरेल

नेपाल प्रहरीको काठमाडौं प्रहरी परिसर, टेकुले तयार पारेको गुण्डागर्दीमा संलग्नहरूको सूची हेर्ने हो भने काभ्रेका दावा लामा पहिलो नम्बरमा पर्छन्। प्रहरीको यो अभिलेखले ठेक्कापट्टा, क्यासिनो, बुद्धचित्त मालाको कारोबार र मिटरब्याजका गतिविधिमा संलग्न भएर लामाले आपराधिक काम गरिरहेको देखाउँछ।

तर, उनै लामालाई सत्तारुढ नेपाली कांग्रेसले काभ्रेको भुम्लु गाउँपालिकाको पार्टी सभापति बनाएको छ।

कांग्रेसका जिल्ला सभापति मधु आचार्यले ‘निर्वाचन अधिकृत राजेन्द्र लामिछाने विना सूचना बेपत्ता भएको’ बताउँदै पालिकास्तरीय अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए। मतदाता नामावली समेत सार्वजनिक नभएको अवस्थामा लामालाई एकलौटी रूपमा सभापति बनाइएको आचार्यको आरोप छ।

लामो समयदेखि पार्टीमा क्रियाशील नेताहरू आकांक्षी हुँदा–हुँदै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका लामालाई गाउँ कमिटीको नेतृत्व सुम्पिंदा विरोध समेत भयो। तर विरोधको स्वर बलियो बन्न सकेन।

प्रकाशित मिति: : 2021-10-25 16:00:00

प्रतिकृया दिनुहोस्