चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो।
उपाधीसँगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँयासहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्याे। उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्याे।
अभियान युथ क्लबको आयोजनामा पोखरा– ५ मालेमाटनस्थित बाराही खेल मैदानमा भएको फाइनल खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र २५–१७ को सेटमा हराउँदै उपाधी चुमेको हो।
फाइनलअघि शनिबार नै भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही मा.वि. तथा पोखरा टप्सले शान्ता बलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
प्रतियोगिताको उत्कृत्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भए। यस्तै, उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भए। विधागत उत्कृष्ट सबैले ट्रफि हात पारे।
प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो। विजेता बन्न सफल टिमले पाँचौ संस्करणको प्रतियोगितामा स्वतः राखिने र सहभागिताका लागि कुनै शुल्क नलाग्ने प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए।