एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ खेलाडीकाे नाम सार्वजनिक गरेका छन्।
लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन्। नेपाल र लेबनानका लागि याे खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। दुवै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ। लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ।
छनोटको समूह ’बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन्। इरान र ताजकिस्तानको समान दुई खेलबाट ६ अंक छ। नेपाल र लेबनान भने अंकविहीन छन्। समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो।
नेपालको सुरुवाती ११
गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेन्डर- सुमन अर्याल, सुरजजिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे
मिडफिल्डर- नितिन थापा, दर्शन गुरुङ, एरिक विष्ट
स्ट्राइकर-आयुष घलान, मनिष डाँगी, अभिषेक रिजाल