सेनाको हेलिकप्टरमा भोट पुगेका प्रचण्डले गाउँपालिका अध्यक्षसहित तीन वडा अध्यक्षलाई माओवादीमा प्रवेश गराए

डोल्पाको उपल्लो डोल्पा अन्तर्गत पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीनवटा वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकाछन्।

बुधवार एक कार्यक्रमका बिच माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड,कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री जनार्दन शर्मा,पुर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीले जनप्रतिनिधि सहित दुई दर्जन धेरै युवालाइ पार्टीमा स्वागत गरेका थिए।

माओबादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पो थापा भोटे,वडा नं २ का अध्यक्ष  छोईक्याप भोटे,वडा नं  ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेकाछन्। जनप्रतिनिधि सँगै दुईदर्जन धेरै स्थानीय युवाहरु समेत माओबादी केन्द्रमा प्रवेश गरेको बताइएको छ।
प्रचण्ड सहितको माओबादी केन्द्रका नेताहरु सेनाको एमआई १७ हेलिकप्टरमा उपल्लो डोल्पा पुगेका थिए। प्रवेश गरेका जनप्रतिनिधिहरुले ६ बुधेमाग पत्र समेत केन्द्रीय नेता समक्ष पेश गरेका थिए।
 

प्रकाशित मिति: : 2021-11-10 16:09:00

प्रतिकृया दिनुहोस्