एमालेमा वैचारिक बहस र एक्लिएका घनश्याम

अनलाइनखबर

बिनु सुवेदी
नेकपा एमालेका उपमहासचिव घनश्याम भूसाल ।

नेकपाका संस्थापक नेता पुष्पलालले अघि सारेको नौलो जनवादको नारा भूमिगतकालीन कम्युनिष्टहरुले खुबै प्रयोग गरे, ०४९ मा मदन भण्डारीको जबजले त्यसलाई पुनर्परिभाषित गरिदियो। अहिले नेपाली समाजको चरित्र पुँजीवादी भइसकेकाले जबजकै पुनर्व्याख्या गरिनुपर्ने विचारको नेतृत्वमा घनश्याम भूसाल छन्, तर उनी एक्लिएका छन्।

१ मंसिर, काठमाडौं। १० औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले सार्वजनिक गरेको लोगोप्रति पार्टीभित्रै असन्तुष्टि देखिएको छ। वर्गीय पक्षधरता लिने कम्युनिष्टले पार्टीको झण्डा मजदुरको हातमा राख्ने प्रचलन तोडेर लोपोन्मुख जनावर एकसिंगे गैंडाको हातमा सुम्पिएकोमा असन्तुष्टि देखिएको हो। संभवतः यसलाई नेतृत्वले ‘रेकर्ड’ राखेको रुपमा व्याख्या गर्ला।

प्रकाशित मिति: : 2021-11-18 06:18:00

प्रतिकृया दिनुहोस्