‘रामभूमि’ माडीबाट एमाले महाधिवेशन नियालिरहेका चेपाङ

अनलाइनखबर

बिनु सुवेदी

साँझ छिप्पिदै जाँदा राममन्दिर अघिल्तिरको बत्ती झन्झन् चहकिलो हुन्छ । मन्दिरका लागि छुट्याइएको जग्गाको निकै परसम्म बत्तीको त्यही उज्यालो पुग्छ । मन्दिरमा अहिले त स्थानीय बासिन्दा पूजा गर्न पनि जान्छन् । उनीहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा आएर राममन्दिर स्थापना गरिदिएकोमा खुसी छन् ।

‘राम जन्मेकै ठाउँमा त्यतिखेर प्रधानमन्त्रीज्यूको पहलमा मन्दिर स्थापना भयो, पछि उहाँ आएर पनि यहाँको अवस्थाबारे बुझेर जानुभयो,’ मन्दिरमा विहान बेलुका पूजापाठ चलाउने स्थानीय कृष्णप्रसाद सुवेदी भन्छन्, ‘हामी त एकदमै खुसी छौं ।’

साँझ उसैगरी ढल्दै जान्छ, तर बत्ती उसैगरी बल्दैन । राममन्दिरको छिमेकमै रहेको चेपाङ वस्तीमा विस्तारै सन्नाटा बढ्दै जान्छ । ज्याला मजदुरीमा गएकाहरु घर फर्किएपछि एकै ठाउँमा गुजुल्टो पर्छन् । दाउराको आगोले जति उज्यालो दिन्छ, उनीहरु त्यसैमा भर पर्छन्, त्यसैले निर्वाह गर्छन् । राम मन्दिरको क्षेत्रफलको आयातन जति फराकिलो छ, चेपाङवस्तीको उति साँघुरो ।

प्रकाशित मिति: : 2021-11-24 19:16:00

प्रतिकृया दिनुहोस्