थप २७० जनामा कोरोना सक्रंमण पुष्टि

File Photo
File Photo

देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो।

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ। पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ। निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ।

कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ। 

प्रकाशित मिति: : 2021-11-26 18:18:00

प्रतिकृया दिनुहोस्