बासुदेवीको कथा : अपमानलाई जितेको जीवन

अनलाइनखबर

काठमाडौँ

 सात वर्षअघि उनको जीवनमा घटेको घटनापछि उनीसँग दुई विकल्प थिए, अपमानको आँशु पिएर बाँच्ने वा त्यो आँशुलाई शक्तिमा बदल्ने।

उनले आँसु पुछिन् र दोस्रो विकल्प रोजिन्। अर्थात् अहिलेसम्म उनले झेल्नु परेका सबै लाञ्छना र अपमान विरुद्ध जुध्ने । र, इच्छाशक्तिका साथ जीवनको नयाँ यात्रा शुरु गर्ने। फलतः अहिले उनको जीवनमा जे भइरहेछ, उनी आफैं पनि दंग छिन्। हिजो सिंगो समाजले उनलाई बोक्सी जस्तो अन्धविश्वासको लाञ्छना मात्रै लगाएन। सिंगो गाउँ मिलेर निर्घात कुटपिट गरे। अपमान र तिरस्कार दिए।

अहिले सात वर्षपछि परिवेश बिल्कुलै फरक छ। हिजो उनलाई बोक्सी भन्ने समाज आज गाउँकै महिला नेतृ मान्न तयार छ। अपमानको घुट पिलाउनेहरु, आज उनको सामु श्रद्धाले शिर झुकाउँछन्। बोक्सीको आरोपमा उनको बस्त्र च्यातेर नंग्याउनेहरु आज आफैं नांगिएको अनुभूति गर्छन्।

दाङको लमही नगरपालिका बनघुस्रीकी बासुदेवी चौधरीको कथा यस्तै छ। २०७१ साल वैशाख २८ गते । अपरान्ह १० बजेको घटना यस्तो थियो।

थारु समुदायकी वासुदेवी धेरै पढेलेखेकी छैनन्। एक छोरा र एक छोरी छन्। उनका दुवै स्कुल पढ्थे। उनका श्रीमान् दाङको घोराहीमा दिनरात मजदुरी गर्थे। श्रीमानकै भरमा नुन तेलको जोहो हुन्थ्यो, चुलो बल्थ्यो । घटना हुनु केही समयअघि गाउँकै एक पुरुषसँग नजिकिएको भन्दै उनीमाथि आरोप लगाएका थिए। पछि ती पुरुषले आत्महत्या गरेछन्।

 

प्रकाशित मिति: : 2021-11-27 11:30:00

प्रतिकृया दिनुहोस्