... अनि ओली मुस्कुराए

शिलापत्र

शिशिर ढकाल र सागर चन्द

अध्यक्ष निर्वाचित भएर बन्दसत्र हल छिर्दै गर्दा केपी ओलीको मुहारमा कान्तिका रेखा हराएको जस्तो देखिन्थ्यो । उनले गणितको चुनाव त जितेका थिए तर, आत्मविश्वास भने गुमाएका थिए । आफ्नो जयजयकार गर्दै नाराबाजी भइरहँदा पनि उनले चित्त बुझाए जस्तो छाँट देखाएनन् ।

बन्दसत्र हलको मञ्चमा अध्यक्षमा निर्वाचित भएर गएका ओलीको दायाँतिर बसेका भीम रावलले जसै उपरखुट्टी लगाए ओलीले असजिलो मानेझैँ गरेर कर्के नजरले रावलतर्फ हेरे । अनि केही बेरमा ओलीले पनि उपरखुट्टी लगाए ।

रावलले गर्दा नै सर्वशक्तिमान हुने ओलीको आकांक्षा पूरा हुन पाएन । एमालेमाथि एकाधिकार जमाउने ओलीको सपनाको बाटोमा सानो भए पनि तगारो बनेर उभिए रावल ।

१० मंसिरमा महाधिवेशन उद्घाटन गर्दै गर्दा ओलीको बोली र अनुहारमा जति जोश र ऊर्जा देखिन्थ्यो १४ मंसिरसम्म पुग्दा त्यो कम भइसकेको थियो । सर्वसम्मति जुटाउने जिम्मा पाएका ओलीले आफू बसेको होटललाई नै महाधिवेशन अविधभर शक्तिकेन्द्र बनाइदिए ।

प्रकाशित मिति: : 2021-11-30 21:57:00

प्रतिकृया दिनुहोस्