कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ। बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १-० अन्तरको जित निकालेको हो।
बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ। एट्लेटिकोले एक खेल कम खेलेको छ।