‘ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे’

‘ए छं नेवा भ्या सलाः’ राजा त्रिभुवनले नेपालभाषामा राजभाइलाई प्रश्न गरे– ‘तिमीलाई नेपालभाषा बोल्न आउँछ ?

‘राजा त्रिभुवनले नेपालभाषा बोलेको सुन्दा म छक्क परेँ,’ ८४ वर्षीय राजभाइ श्रेष्ठ (तीर्थबहादुर श्रेष्ठ) आश्चर्यभावमा भन्छन्, ‘नेपालभाषा हामीले भन्दा उहाँले राम्रो बोल्नुहुन्थ्यो।’

२०१० सालमा तिब्बतीहरू डेलिगेसनसहित नेपाल आएका थिए, उनीहरूले वार्षिक बुझाउनुपर्ने रकम लिएर। १९११–१२ सालमा भएको नेपाल–तिब्बत युद्धपछि तिब्बतले वार्षिक रूपमा केही रकम नेपाललाई तिर्नुहुन्थ्यो। त्यतिबेला राजभाइका हजुरबुवा सरकारी कर्मचारी (सुब्बा) थिए।

‘हजुरबाले मलाई सोध्नुभयो, तैँले तिब्बती भाषा बोल्छस् भनेर ?’ राजभाइ भन्छन्, ‘सक्छु भनेर म राजदरबार गएँ । त्यहाँ पुगेपछि पो डर लाग्यो। मलाई राम्रोसँग न दरबारिया भाषा आउने, न त खसभाषा। म अकमकिएको चाल पाएर राजा त्रिभुवन मसँग नेपालभाषामै बोल्नुभयो।’ 

प्रकाशित मिति: : 2021-12-08 11:39:00

प्रतिकृया दिनुहोस्