लाइसेन्सका लागि साढे ६ लाख आवेदन, आज फाराम भर्दा ट्रायल दिने पालो डेढ वर्षपछि !

File Photo
File Photo

बुधबार एक पुरूषले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन फाराम भरे। काठमाडौंको एकान्तकुनाबाट ट्रायल दिने गरि फारम भरेका उनको ‘भिजिट डेट’ अर्थात् यातायात कार्यालयमा हाजिर हुन २०२३ मार्च ८ को मिति तोकियो।

लाइसेन्सका लागि फाराम भरेको १५ महिनापछि मात्र पालो आउने जानकारी पाएपछि उनी भन्छन् ‘फाराम भरेको १५ महिना पछिमात्र ‘भिजिट डेट’ दिइएको छ, आफ्नो पालो आउँदासम्म मिति नै बिर्सन्छु होला।’

फाराम भरेको केही समयमै पालो आउने उनको अनुमान थियो। त्यसैले उनी ट्रायल सेन्टरमा मोटरसाइकल चलाउने तालिम समेत लिइरहेका छन्। ‘अहिले कुनै पनि संस्थामा जागिरका लागि आवेदन दिँदा  लाइसेन्स अनिवार्य जस्तै भइसकेको छ। अब लाइसेन्स नभएसम्म के गर्ने हो थाहा छैन,’ उनले भने, ‘पहिला ट्रायलमा पास भएपनि स्मार्ट लाइसेन्स आउन महिनौँ लाग्छ भन्ने सुन्थेँ। अहिले ट्रायलकै लागि डेढ वर्षभन्दा बढी समय पालो कुर्नुपर्ने अवस्था छ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन्। यस्तै समस्या अहिले धेरैको छ। लकडाउन पछि  निजी सवारी साधन खरिद बिक्रीको दर ह्वात्तै बढेको छ। नयाँ सवारी साधन खरिदका लागि लाइसेन्स पनि अनिवार्य गरेको छ। तर, यातायात व्यवस्था विभागले लाइसेन्स चाँडै पाउन सक्ने प्रवन्ध नगरेका कारण नागरिकहरु थप मर्कामा परेका छन्। 

प्रकाशित मिति: : 2021-12-09 16:58:00

प्रतिकृया दिनुहोस्