'चपली हाइट ३' को प्रदर्शन मिति र नेपाली फिल्म उद्योगको अवस्था

थाहा खबर

मुक्ति पौडेल

०७६ मंसिर पहिलो साता छायांकन सुरु भएको 'चपली हाइट ३' नयाँ वर्षको अवसर पारेर चैत २८ मा प्रदर्शन गर्ने तयारी भइरहेको थियो।

३२ दिनमा छायांकन सकेर फिल्मको पहिलो गीत 'चारआनाको मसला' सार्वजनिक गर्दै निर्माण टोली प्रचारप्रसारमा पनि खटियो। 

ब्राण्ड बनिसकेको नाम, ठूलो बजेट, सस्पेन्स थ्रिलर जनरा आदिका कारण बजारमा 'चपली हाइट ३' को चर्चा राम्रै थियो। निर्माण टोलीले मात्र होइन दर्शकले पनि यो फिल्मबाट राम्रै अपेक्षा गरेका थिए। 

तर, त्यति नै वेला कोरोना भाइरसले विश्वभरी महामारीको रूप लिँदै थियो।

चीनबाट फैलन सुरु भएको भाइरस युरोप, अमेरिकाका विभिन्न देशहरूमा तीव्र गतिमा फैलन थाल्यो। चीनसँग सीमा नै जोडिएकाले नेपालमा यसको जोखिम अझै बढी थियो। 

प्रकाशित मिति: : 2021-12-14 21:39:00

प्रतिकृया दिनुहोस्