जहाँ सुन्न र बोल्न नसक्ने चन्दा प्लेकार्ड बोकेर काम गर्छिन्

काठमाडौंप्रेस

सरिशा अछामी

 म सुन्न र बोल्न सक्दिनँ– चन्दा नेपालको हातमा प्लेकार्ड छ। प्लेकार्डको छेउमा कान नसुन्ने र इसाराले कुरा गर्नुपर्ने संकेत पनि राखिएका छन्।

उनी शौचालयको काउन्टरमा बस्छिन्। सार्वजनिक शौचालय प्रयोग गर्न आउनेलाई सहजीकरण गर्ने र तोकिएको शुल्क लिने उनको काम हो।

ललितपुरको पाटनढोका चोकमा छ, उनले काम गर्ने स्मार्ट शौचालय। यो साधारण शौचालय होइन, केही सुविधा र केही विशेषता छन् यसका।

एकातिर क्याफे छ, अर्कोतिर शौचालय। मूल ढोकाबाट प्रवेश गर्नासाथ काउन्टर आउँछ। त्यहाँ लेखिएको छ– महिला, पुरुष र समावेशी शौचालय। समावेशी शौचालय अपांगता र ह्विलचियर प्रयोग गर्नेहरूका लागि हो।

यस शौचालय प्रयोग गर्न १० रुपैयाँ तिर्नुपर्छ। शौचालय छिर्न टोकन आवश्यक हुन्छ। यसबाट एक दिनमा कतिले शौचालय प्रयोग गरे भन्ने तथ्यांक पनि बस्छ।

प्रकाशित मिति: : 2021-12-20 13:58:00

प्रतिकृया दिनुहोस्