सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

Photo - AFP
Photo - AFP

फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ।

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे।

खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए। खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए।

फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए। त्यस यता उनी गोलविहीन रहँदै आएका थिए।

जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो। पराजित कागरियरी भने समान खेलबाट १० अंकसहित रेलिगेशन जोनको १९औँ स्थानमा छ।

गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले।

प्रकाशित मिति: : 2021-12-22 08:17:00

प्रतिकृया दिनुहोस्