माओवादीमा प्रचण्ड निर्विकल्प, ९ जनाको ‘कामयावी’ पदाधिकारी !

थाहा खबर

रमेश पराजुली

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा तीन दशकदेखि निरन्तर नेतृत्व जमाइरहेका छन्। पछिल्लो समय राजनितिक दलहरुमा पुस्तान्तरणको चर्को बहस चलिरहेको भए पनि माओवादीको यही ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै सर्वसम्मत नेतृत्व घोषणा निश्चित प्रायः छ। 

संसदमा तेस्रो दल रहेको माओवादीलाई एमालेसँगको एकता भंगपछि पार्टीलाई माथि उठाउन चुनौती छ। पार्टीलाई दुई ठूला पार्टी एमाले र  कांग्रेससँग प्रतिस्पर्धामा जानका लागि माओवादीलाई प्रचण्डकै नेतृत्व आवश्यक भएको नेताहरु बताउँछन्। 

माओवादीको अध्यक्षमा तत्काल प्रचण्डको विकल्पमा अर्को कोही निस्कने सम्भावना नै अत्यन्त कमै छ। हालै सम्पन्न एमालेको दशाैं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध भीम रावलले चुनाैती दिएका थिए।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाविरुद्ध चार जना नेता प्रतिष्पर्धामा उत्रिएका थिए। राप्रपामा त कमल थापालाई राजेन्द्र लिङ्देनले चुनौती मात्रै दिएनन्, नेतृत्वबाटै पाखा लगाउन सफल भए। 

प्रकाशित मिति: : 2021-12-22 18:40:00

प्रतिकृया दिनुहोस्