'सपनाको आयतन बढेपछि शहर हिँडें'

गायनका विषय समाजकै घटना हुन्

थाहा खबर

काठमाडौँ

शहर के हो? भौतिक सुविधाले सम्पन्नताको मानक वा मान्छेको भिड? भौतिक सुविधा शहरको विशेषता हो। तर, कतिपयका लागि सपना हो। कतिका लागि जिउने आधार हो। मान्छेको भिड र उनीहरूको सपनाले घेरिन्छ शहर। अवसर र चुनौतीको सार हो शहर।

अहिलेका चल्तीका दोहोरी गायक वसन्त विश्वकर्मालाई कुनै बेला शहर अवसरै अवसरको शहर हो भन्ने लाग्थ्यो। गायक बन्ने सपना देखेर उनी वि.स २०७२ को शरद ऋतुको समयमा उनी उपत्यका छिरेका थिए।

उपत्यका छिरेकै भोलिपल्टै उनलाई महसुस भयो, 'क्या गज्जबको शहर! क्षमता छ भने यो अवसरै अवसरको शहर रहेछ।' किनभने उनी उपत्यका छिरेकै भोलिपल्ट उनले दोहोरी साँझमा काम पाए।

उनले केही दिन शहरलाई हेरे, पढे, अनुभव गरे। शहर आफ्नो भएर पनि आफ्नो होइन भन्ने कुरा पनि बुझे।  तत्कालीन समयमा उनले बुझेको शहर उनले सारबारे बोल्छन्,'सबै मान्छेले आफ्नै मात्र सुन्छन्। अर्कालाई परेको पीडाबारे सोधी खोजीसमेत गर्दैनन्।'

प्रकाशित मिति: : 2021-12-29 14:24:00

प्रतिकृया दिनुहोस्