सुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

File Photo
File Photo

नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ  कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो। मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ

प्रकाशित मिति: : 2022-01-04 11:59:00

प्रतिकृया दिनुहोस्