अरुलाई ‘ज्ञानगुण’ का गफ दिने ‘एनआरएनए’ नेताहरु आफैँ चोरीमा संलग्न ! (भिडियाेसहित)

अनिता गुरुङ

काठमाडौं
Breaknlinks
Breaknlinks

अरुलाई ज्ञानगुणका कुरा सिकाउने ‘एनआरएनए’ को नेतृत्व र तीनका आसेपासेका कारण हाल संगठननै धरापमा परेको छ।

‘एनआरएनए’ त्यही संगठन हो, जसले दुःखमा परेका नेपालीहरुलाई उद्धार गर्ने मात्रै हाेइन घरैसम्म पुर्‍याएर उद्दार समेत गरिरहेको छ।

त्यति मात्रै होइन नेपालमा हुने दैवि प्रकोपका घटनादेखि आपतविपद्मा समेत ‘एनआरएनए’को भूमिका अग्रस्थानमै हुन्थ्यो, त्यसैले पनि ‘एनआरएनए’प्रति विदेशमा रहेका मात्र हाेइन स्वदेशमा रहेका नेपालीहरुको लगाव समेत बढेको थियो।

तर पछिल्ला दिनहरुमा ‘एनआरएनए’को यस्ताे बदनाम हुन थालेको छ कि, जसका कारण सिंगो संगठन नै धरापमा पर्न थालेको छ। यस्तो अवस्थामा पनि ‘एनआरएनए’का नेताहरु र आफूलाई विज्ञ ठान्नेहरुको ध्यान त्यतातिर पुगेको छैन।
कहिले घर जग्गा खरिदमा अनियमितता, कहिले रकम हिनामिना, अनि कोही नेताहरु मानव तस्करीदेखि सुन तस्करीमा लागेका समाचार सामान्य हुन थालेका बेला ‘एनआरएनए’मा अर्को फन्डा देखा परेको छ, जुन फन्डाले त संगठन नै धरापमा पार्ने अवस्था आएको छ।

गएको जुलाई ३० जापानमा भएको दशौं अधिवेशनका कारण संगठन संकटमा परेको हो। केही व्यक्तिको अपराधिक कार्य र तिनीहरुलाई ढाकछोप गर्ने केही एनसीसी र आइसीसीमा रहेका व्यक्तिका कारण आज त्यो विवादले उत्कर्ष रुप लिएको छ।

हुनत जापान अधिवेशन अघि नै नराम्रो संकेत देखा परिसकेको थियो, तर तत्कालीन जापानमा रहेको नेतृत्वले त्यो विवादलाई सकभर भित्रै मिलाएर संगठनलाई बदनाम हुन नदिन पहल गर्‍याे, त्यही अुनसार विभिन्न सहमति गरिए र निर्वाचनमा जाने निणर्य भयो। त्यही निणर्य अनुसार जुलाई ३० मा निर्वाचन भयो। निर्वाचन त भयो तर पूर्णरुपमा धाँधली।

यतिसम्म भयो कि निर्वाचनमा भाग लिएका उम्मेदवारले नै भोट हाल्न पाएनन्। त्यसपछि थाहा भयो आइटीसँग मिलेर सेटिङ गरेको र प्रतिनिधी मात्र हैन, उम्मेदवारसम्मको डाटा चोरेर आफैँ भोट हालेको। त्यसपछि सुरु भयो विवाद।

निर्वाचनमा भाग लिएकाहरु मात्र हाेइन प्रतिनिधिहरुले समेत विरोध जनाए। छानविन समिति गठन गरियो। उक्त छानविन समितिले पनि विज्ञको सहयोगमा अनुसन्धान थाल्यो र अन्त्यमा निर्वाचनमा धाँधली भएको, डाटा चोरी भएको र अरुको इमेल सिधै परिर्वतन गरेको पुष्टि भयो।

आइटीसँग मिलेर आइसीसीले नै यस्तो चाल खेलेको कुरा प्रष्टै भयो। काठमाडाैँ, पोखरा, भारतलगायतका विभिन्न ठाँउबाट अवैध रुपमा भोटिङ भयो। त्यसरी धाँधलीबाट आएको नेतृत्वलाई स्वीकार नगर्ने भन्दै पुरानो नेतृत्व अब फेरि निर्वाचन गराएर जिम्मेवारी हस्तान्तरण गर्ने योजनामा जुटेको छ। त्यसैगरी त्यो बेला डाटा चोरीमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रतिनिधिहरुले प्रहरीमा समेत उजुरी गरेका छन्।

‘एनआरएनए’ जापानकी कार्यवाहक अध्यक्ष अनिता गुरुङसँग बिएल नेपाली सेवाकाे लागि डिल्ली पाण्डेलेले गरेकाे कुराकानीमा आधाररित)

प्रकाशित मिति: : 2022-01-04 20:00:00

प्रतिकृया दिनुहोस्