राणाकालमा खोलिएको ‘पब्लिक’ स्कुल : संस्थापक प्रधानाध्यापक जेल परेका थिए

‘मे आई कम इन् सर ?’ प्रधानाध्यापक लक्षण पौडेलको कार्यकक्ष अगाडि आएर एक छात्राले सोधिन्। उनले सेतो रङमा हरियो धर्का भएको सर्ट, खरानी रङको फ्रक र नीलो स्विटर लगाएकी थिइन्, जो जुद्धोदय माविको पोसाक हो।

उनी प्रधानाध्यापकको कार्यकक्षमा अंग्रेजी शब्दकोश लिन आएकी थिइन्। प्रधानाध्यापकको अनुमतिपछि उनी शब्दकोश लिएर बाहिरिइन्। प्रधानाध्यापकले उनको नाम भने ठम्याउन सकेनन्।

एक महिनाअघि (मंसिर ६ मा) काठमाडौं महानगरपालिका–१६ क्षेत्रपाटीस्थित जुद्धोदय माविमा हामी पुग्दाको दृश्य हो यो। त्यो दिन प्रधानाध्यापक शिक्षकहरूसँगको छलफलमा थिए। जुद्धोदय माविको अवस्था र संक्षिप्त जानकारी लेख्ने भनी हामीले उनीसँग समय लिएका थियौँ। विद्यालयका बारेमा कुराकानी गर्नुअघि प्रधानाध्यापक पौडेलले हामीलाई निकै केरकार गरे– के लेख्ने हो, किन लेख्ने हो, कसरी लेख्ने हो आदि।

प्रकाशित मिति: : 2022-01-09 15:19:00

प्रतिकृया दिनुहोस्