उहिले राजामहाराजाले बनाएको साँखुको राजकुलो, जहाँ अझै पानी बग्छ

महादेव पोखरीको पर्खाल वरपर केही जोर कपडा सुकाइएका थिए। पोखरीको बायाँतर्फ ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर छ। मन्दिरकै दायाँपट्टि एक जमात बूढापाका घाम ताप्दै गफिइरहेका छन्। अर्कोतर्फ केटाकेटी रमाइरहेका छन्। यो घमाइलो र रमाइलो दृश्य २२ पुसमा देखिएको साँखुस्थिति ज्योतिर्लिङ्गेश्वर महादेव परिसरको हो।

मन्दिर परिसरको दाहिने भागमा ढलान गरिएको कुलो नगरको सीमा बन्दै बगेको छ। साँखुकै उत्तरपश्चिममा रहेको देव ढोकाबाट उक्त कुलो विभिन्न कुनाकाप्चा हुँदै सहरभित्र पस्छ। हेर्दा सामान्य लाग्ने यो राजकुलोे साँखुको पहिचान हो। जानकारका अनुसार, तत्कालीन समयका राजामहाराजले राज्यस्तरबाट बनाउने कुलोलाई राजकुलो भनिन्थ्यो।

अघिल्लोपटकको साँखु भ्रमणमा साँखुका स्थानीय प्रकाशमान श्रेष्ठ साख्वाले हामीलाई राजकुलोबारे अवगत गराएका थिए। साँखुका स्थानीय उनी संस्कृतिविद् समेत हुन्। उनी यसलाई देशमै एक मात्र सञ्चालित राजकुलो भन्छन्। ‘नेपालमा मात्र नभई एसियाममै यो एक मात्र राजकुलो हो,’ उनी भन्छन्, ‘अन्य स्थानमा राजकुलोको अवशेष मात्र छ। साँखु यस्तो क्षेत्र हो, जहाँ राजकुलोमा पानी बगिरहेको छ।’ 

प्रकाशित मिति: : 2022-01-13 10:10:00

प्रतिकृया दिनुहोस्