इन्डक्सन चुलो : बजार ठुलो, माग कम

Breaknlinks
Breaknlinks

२०७२ सालमा भारतले ६ महिना नाकाबन्दी गर्दा अन्य विभिन्न अत्यावश्यक सामग्रीसँगै खाना पकाउने ग्यास (एलपी ग्यास) को पनि चरम अभाव भएको थियो। त्यतिबेला चौतर्फी रूपमा विद्युतीय चुलो (इन्डक्सन चुलो) प्रयोगमा जोड दिनुपर्ने आवाज उठेको थियो। यतिखेर नेपाल विद्युत् प्राधिकरणल बिजुलीको खपत बढाउन इन्डक्सन चुलो आदिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाउँदै आएको छ। तर, इन्डक्सन चुलो प्रयाेग भइरहे पनि अपेक्षाकृत रूपमा त्यसको माग भने नभएको पाइएको छ।

नाकाबन्दीको अवस्थामा एलपी ग्यासको आयात रोकिएपछि सहरी क्षेत्रमा विकल्पका रूपमा दाउराको पनि प्रयोग भएको थियो। त्यति नै बेला विद्युतीय चुलो (इन्डक्सन चुलो) को माग पनि एकदम बढेको थियो। तर, अहिले इन्डक्सन चुलोका माग त्यति नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन्। ‘अहिले इन्डक्सन चुलोको माग खासै छैन,’ उनले भनिन्, ‘त्यसकारण इन्डक्सन चुलो खरिद प्रक्रिया अगाडि बढ्न सकेन।’

लिमिटेडले २०७६ सालदेखि हालसम्म ७ हजार ७ सय १ थान मात्र इन्डक्सन चुलो बिक्री गरेको उनले बताइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुनुअघि नेपाल खाद्य संस्थानमा स्टक रहेको इन्डक्सन चुलो बिक्री गरिएको उनले जानकारी दिइन्। 

प्रकाशित मिति: : 2022-01-19 15:04:00

प्रतिकृया दिनुहोस्