पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ।

१८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन्। याेसँगै हाल देशभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति: : 2022-01-25 16:56:00

प्रतिकृया दिनुहोस्