इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

Photo: AFP via Getty Images
Photo: AFP via Getty Images

इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ। बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो।

इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो। जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत  समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ।

दोस्रो स्थानको साउदीको १७ अंक छ।

एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ। दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन्।

तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसंगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ  । 

प्रकाशित मिति: : 2022-01-28 07:19:00

प्रतिकृया दिनुहोस्