गोरखाको सुन्दर सिङ्ला गाउँ हिउँले धपक्क [तस्विरहरू]

फोटोहरुः राज गुरुङ (गोरखाली)
फोटोहरुः राज गुरुङ (गोरखाली)

उत्तरी गोरखाकाे धार्चे गाउँपालिका– ५ मा अवस्थित सुन्दर सिङ्ला गाउँ अहिले हिउँले ढकमक्क ढाकेको छ। झुरुप्प बस्ति, करिब २ सय घर रहेको याे गाउँमा धेरै गुरुङ समुदायको बसोबास रहेको छ। सिङ्ला गाउँ समुद्र सतहदेखि करिब २१०० मिटरमा अवस्थित छ।

गुप्सिपाखा, लाप्राक गाउँदेखि करिब २.३० घण्टा दुरीमा रहेको यो गाउँ लोवर मनास्लु ट्रेकिङु पदमार्ग अन्तर्गत पर्दछ। यहाँकाे प्रमुख पेशा कृषि, ट्रेकिङ र वैदेशिक रोजगार हो।

२०७२ सालको भू–कम्पले सम्पूर्ण गाँउ खण्डहर बनेको थियो। हाल गाउँ विस्तारै उठ्ना थालेको छ।

गोरखा जिल्लाको निकै दुर्गम गाउँसम्म कच्ची ट्रयाक खोलिए पनि मोटर नपुग्दा घण्टौ पैदल हिँडेर पुग्न बाध्य रहेको स्थानीय युवा राज गुरुङ (गोरखाली)ले बताए।

'बाटो सरसफाईको लागि गाउँपालिकामा बजेट आएकाे सुनेको छु तर अहिलेसम्म सरसफाईको काम नभएको जनगुनासो छ,' स्थानिय युवा गुरुङले बिएल नेपाली सेवालाई बताए।

गाडी नपुगेकोले अहिलेसम्म गाउँलेहरुले माछाखोला र लाप्राकदेखि खाद्यन्न लगायत दैनिक उपभोग्य समान बोकेर घण्टौ हिँड्न पर्छ।

पर्यटकीय दृष्टिकोणले अतिनै सुन्दर गुरुङ बस्तिबाट गणेश, श्रिङ्गि, बौद्ध लगायत हिमालको लर्कन दर्शन गर्न सकिन्छ। गाउँबाट करिब २ घण्टाको उकालो दुरीमा ३२५० मिटरमा अति रमणीय रुकाङ डाँडा पर्दछ। गाउँमा गुरुङ समुदायको रहनसहन, संस्कृति, अर्गानिक खाना र मिठो आतिथ्यको स्वाद पाइन्छ।

प्रकाशित मिति: : 2022-02-05 05:50:00

प्रतिकृया दिनुहोस्