मंसिरदेखि भुवनको पापड मेसिन बन्द छ

काठमाडौंप्रेस

सलिना कुवँर

कञ्चनपुर, कृष्णपुर नगरपालिका– ४ का भुवनबहादुर कार्की एसएलसीपछि रोजगारी खोज्दै भारतको पन्जाब पुगेका थिए, ०४६ सालमा। त्यहाँ उनले एक प्राइभेट कम्पनीमा चौकिदारको जागिर पाए। आफ्नो देशजस्तो कहाँ हुन्छ र अर्काको देश ! उनलाई त्यहाँ भारतीयले नेपाली भनी होँच्याएर व्यवहार गर्थे। 

भर्खर १७ मा हिँड्दै गरेका उनलाई लाग्यो— अर्काको ठाउँ, यस्तै होला। दुई वर्षसम्म उनले त्यहाँ सबै सहेरै काम गरे। जब उनको बल–बैंस भरिँदै आयो, सोच बलियो बन्न थाल्यो, तब केही गर्ने इख र अठोट लिएर उनी जन्मभूमि फर्के र ‘श्री खप्तड पापड उद्योग’का मालिक बन्न पुगे। यो उद्योग २०६८ सालदेखि कृष्णपुर–४ मौवाफाटास्थित उनकै घरमा सञ्चालित थियो तर यही मंसिरदेखि बन्द छ। 

प्रकाशित मिति: : 2022-02-07 19:34:00

प्रतिकृया दिनुहोस्