थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साही अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना संक्रमण मुक्त भएका छन्।

हाल देशभर ३६ हजार १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: : 2022-02-08 16:46:00

प्रतिकृया दिनुहोस्