दाङमा एक कोरोना संक्रमितको मृत्यु 

Symbolic photo
Symbolic photo

दाङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय पुरुष रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ। उनीलाई बुधबार कोरोना पुष्टि भएको थियो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ती पुरुषको आज बिहान ७ः४० को समयमा मृत्यु भएको केन्द्रले जनाएको छ। यससँगै दाङमा बैशाखयता कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ।

यसैबीच आज विहिबार दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ। संक्रमण पुष्टि हुनेमा तुलसीपुर र दंगीशरणका १/१ जना छन्।

त्यस्तै वितेका २४ घण्टामा दाङका १९ जना निको भएका छन्। निको हुनेमा घोराहीका ९ जना, तुलसीपुर र दंगीशरणका ४/४ जना, राजपुर र जिल्ला बाहिरका १/१ जना रहेका केन्द्रले जनाएको छ।

जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १०२ रहेको छ। त्यसमध्ये घरमा ९७ जना, सामान्य उपचारमा र आईसियूमा ३/३ जना रहेका केन्द्रले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-02-10 18:30:00

प्रतिकृया दिनुहोस्