सत्ता स्वार्थमै बित्यो बागमती सरकारको चार वर्ष

थाहा खबर

काठमाडाैँ

शनिबार बागमती प्रदेश सरकार स्थापनाको ४ वर्ष पुगेको छ। २०७४ साल माघ २९ गते बागमती प्रदेशमा पहिलोपटक सरकार गठन भएको थियो।

डोरमणि पौडेलको नेतृत्वमा प्रदेशमा नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपाले पहिलोपटक सरकार बनाएको थियो। ४ वर्षको अन्तरालमा बागमती प्रदेशमा ३ पटक सरकार गठन भइसकेको छ।

०७७ साल पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बागमती प्रदेशमा सरकारको फेरबदल सुरु भएको थियो। प्रतिनिधिसभा विघटनले नेकपाबाट एमाले र माओवादीलाई मात्रै छुट्याएन, एमाले आफैँ पनि दुई चिरा परेर नयाँ पार्टी गठन भयो।

नेकपा र एमाले विभाजनले बागमती प्रदेशमा भएको राजनीतिक उथलपुथलले प्रदेश सरकार जनतालाई संघीयताको महशुस हुनेगरी काम गर्नभन्दा पनि सत्ता र स्वार्थ वरिपरि रुमलिएको छ।

प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्रीहरू प्रदेश सरकारको काम कारवाही भन्दा पनि आफ्नो सत्ता जोगाउन भागदौडमा नै बढी व्यस्त देखिए।

प्रकाशित मिति: : 2022-02-12 18:43:00

प्रतिकृया दिनुहोस्