कर्पुडाँडामा हिउँ खेल्न जाने हैन?

तस्बीरहरु - तारानाथ पहारी
तस्बीरहरु - तारानाथ पहारी

यतिबेला कर्पुडाँडा हिउँले छप्पक्कै ढाकेको छ। कास्की जिल्लामै नमुना होमस्टेको रुपमा परिचित ताङतिङ होमस्ट। ९५ प्रतिशत गुरुङ वसोवास रहेको ताङतिङमा केहि घर दलित समुदाय छन । चिट्टिक्क परेको ढुंगा र टिनका छाना भएका घरहरू छ ताङतिङमा। गाउँमा १४ घरमा होमस्टे सुविधा छ भने ७ वटा जति होटल छन्।

पाहुनालाई लोकल परिकारको साथ साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ। उनिहरुलाई घाटु र लोकगीत नाचगान देखाइन्छ। ताङतिङका आमा समुह निकै सक्रिय छन।  गाउँबाट अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल देखिन्छ भने पारितिर चर्चित सिक्लेस गाउँ छ। कोरोनामहामारी सामन्य हुदै जादा, प्रत्यक शुक्रवार सनिवार आन्तरिक पर्यटकको घुइचो लागेको भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले वताए। पोखरा शहरदेखि नजिकको गन्तब्य ताङतिङ सुन्दर छ, र गाउँलेहरु आत्मियका कारण पनि ताङतिङ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको उनको भनाई छ।


    
यहि ताङतिङ गाउँबाट ४-५ घन्टा पदयात्रामा क्रबुडाँडा (३,०८५ मिटर) पुगिन्छ। त्यस्तै क्रबुडाँडाबाट करिब ४० मिनेटको पदयात्रामा नौचुडाँडा (२,०४७ मिटर) पुगिन्छ जहाँ गुरुङ समुदाय क्होंलासोथरबाट बसाइ सर्ने क्रममा नौचुमा बसेको बुढापाका भन्छन। अहिले हिउँले व्याहुली झै सिंगारिएको क्रबुडाँडाडाबाट अन्नपुर्ण हिमश्रृंखलाकोको लर्कन जस्तै लमजुङ हिमाल, माछापुच्छ्रे हिमाल साथै मनासलुको सुन्दर दृश्य लगाएत थुप्रै डाँडाकाँडा, पोखरा उपत्यका र थुप्रै गाउँहरु देखिन्छन्। वैशाख-ज्येष्ठमा लालीगुराँले डाँडा काडा ढपक्कै हुन्छ। कर्पु सम्म गाडीको ट्र्याक खोलिएको छ, मोटर बाइक र गाडी पुग्छ। तर अहिले हिउँको कारण पुग्दैन।

 

डाँडामा २ वटा टेण्ट हाउस निर्माण गरिएको छ, जहाँ ६० जना जति वास वस्न सकिन्छ। मादी गाउँपालिकाले ३० जनासम्म अटाउने धर्मशाला र शौचालय निर्माण गरेको छ।यहाँबाट दक्षिणतिर २-३ घण्टाको ओरालो झरेमा याङ्ज्याकोट पुगिन्छ। याङ्जाकोटमा होमस्टे सञ्चालनमा छ। होमस्टेमा अर्गानिक स्थानिय मिठो खाना सँगै राम्रो गुरुङ आतिथ्य पाइन्छ। पाहुनाको मागअनुसार साँझ सोरठी, घाटु, कृष्ण चरित्र र पञ्चै बाजाको अवलोकन गराइन्छ।


 
गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले केहि वर्ष अगाडी ताङतिङ- कर्पुडाँडा-याङ्जाकोट होमस्टे पदमार्गको अन्वेषण गरेको थियो। पोखराबाट करिब १७ किमी दूरिमा रहेको ताङतिङ होमस्टेहुँदै कर्पुडाँडामा क्याम्पिङ गर्दै याङजाकोट होमस्टेसम्मको ट्रेकिङ ट्रेलको अध्ययन गरिएको थियो।

कसरी पुग्नेः 
पोखरादेखि २१ किमि दुरीमा ताङतिङसम्म मोटरबाइक या गाडिमा पुगिन्छ। ताङतिङबाट ४-५ घण्टामा कर्पुडाँडा। हिउँ या वर्षा बाहेक डाँडासम्म बाईक या जिपमा पुग्न सकिन्छ।


 

प्रकाशित मिति: : 2022-02-13 17:01:00

प्रतिकृया दिनुहोस्