‘६० प्रतिशत विद्यार्थीले बीचमै छाड्छन्, त्यसैले दिवाखाजा प्रभावकारी बनाउन खोजिरहेका छौँ’

काठमाडौंप्रेस

सरिशा अछामी

‘सानै छु म बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’- सुदूरपश्चिम प्रदेश सरकारले ०७६/७७ को बजेटमा लिएको नारा हो यो।  
‘भित्र्याऊ, टिकाऊ र सिकाऊ’- बालबालिकालाई विद्यालय भित्र्याउन, टिकाउन र सिकाउन सहज नभएपछि पछिल्ला वर्ष धनगढी उपमहानगरपालिकाले यो नारा लिएको छ।

यी नाराको अर्थ र अन्तर्य यही हो- सुदूरपश्चिम प्रदेशमा शिक्षालाई जोड दिनुपर्नेछ। सुदूरपश्चिम प्रदेशमा चार हजार पाँच सय ७८ (सामुदायिक : ३,७०२ र संस्थागत : ८७६) विद्यालय छन्। त्यस्तै, तीन हजार सात सय ६६ बालविकास केन्द्र छन्।

यहाँको शिक्षाको अवस्था के छ ? के कस्ता कार्यक्रम लागू हुँदै छन् ? प्रस्तुत छ, यसै सन्दर्भमा शिक्षा विकास निर्देशनालय, सुदूरपश्चिम प्रदेश दिपायल डोटीका निर्देशक गणेशबहादुर सिंहसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको वार्ताको सम्पादित अंशः  

सुदूरपश्चिम प्रदेशको शैक्षिक अवस्था कस्तो छ? 

सुदूरपश्चिममा कोभिड १९ को प्रभावका कारण लामो समय विद्यालय बन्द भए। सबै विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सकेनन्। भर्खर फागुनदेखि पठनपाठन सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति: : 2022-02-20 19:19:00

प्रतिकृया दिनुहोस्