सिला चह्रे अर्थात् शिवरात्रि : पोथी मृगिणी र सिकारीको कथा

बेलुकाको महत्व भएको चाडबाडमध्ये शिवरात्रि हो । नेवार समुदायले केही चाडपर्व सन्ध्याकाल वा राति मात्र पूजा गरी मनाउने गर्दछन् । पाहाँचह्रे मनाउँदा साँझपख र लुकुमाद्यःको पूजा बेलुकी गरी भोज खाने चलन छ ।

चौथीमा पनि चन्द्रमा आकाशमा उदाइसकेपछि पूजा गरी चाड मनाउने गर्दछन् । त्यस्तै, लक्ष्मीपूजा र म्हपूजा पनि बेलुका नै मनाउने चलन छ । 

फागुन कृष्ण चतुर्दशीको दिनलाई शिवरात्रि वा महाशिवरात्रि पर्वका रूपमा मनाउने गरिन्छ । यस दिन महादेवको उत्पत्ति भएको भन्ने भनाइ छ । र मानिसको मोक्ष हुने वा मन शुद्ध हुने पनि यही दिन हो भनिन्छ । 

प्रकाशित मिति: : 2022-03-01 16:10:00

प्रतिकृया दिनुहोस्