बलात्कार, कलाकार र समाज

काठमाडौंप्रेस

सरिशा अछामी

यतिखेर एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको भनी कलाकार पल शाहमाथि उजुरी परेसँगै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा बहस सिर्जना भएका छन्। यस घटनामा तार्किक बहस नगरी विरोध र समर्थन गर्नेको भीड पनि अर्कोतिर छ। बलात्कार भनेको के हो र के होइन भनी मानिसहरू आ–आफ्ना मनगढन्ते तर्क गर्न लागिपरेको पनि देखिन्छ। 

नाबालिग गायिकाले पहिले सहमतिमा करणी गरिन् र पछि कुरा नमिलेपछि उजुरीसम्म पुगिन् भन्ने कतिपयको (कु)तर्क छ। यस्तो लाग्छ, उनीहरू यस्तो तर्क गर्दै छन्—  ८–१० वर्षकी बालिकालाई पनि सहमतिमा यौनसम्बन्ध राख्दा हुुन्छ। यौन सम्बन्धका लागि उमेर तोकिएको कानुनी व्यवस्थाप्रति उनीहरू बेखबर छन्, अथवा यसमा उनीहरू कुरा गर्नै चाहन्नन्, कुरा गरिहाले पनि गाउँठाउँमा हुने बालविवाहतिर लगेर आफ्ना (कु)तर्कलाई आड दिन खोज्छन्। 

प्रकाशित मिति: : 2022-03-04 16:49:00

प्रतिकृया दिनुहोस्