‘राँगाको हड्डीले फोहोर उठाउँथ्यौँ’

काठमाडौंप्रेस

प्रबिता श्रेष्ठ

भोटाहिटी सडकको एक किनारमा ५० वर्षीया कुचीकार बिना पोडे थिइन्, अर्को किनारमा ४५ वर्षीया कुचीकार फूलमाया पोडे। काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको युनिफर्म लगाई लामो सुरिलो कुचोले सडकका कुना–कुनाका फोहोर निकाल्न प्रयासरत छन् दुवै।

भोटाहिटीदेखि भद्रकालीसम्मका सडक कुचिकार बिना र फूलमायाको सरसफाइको रुट हो। आइतबार भोटाहिटीदेखि सडक सफा गर्दै नेपाल एयरलाइन्स कर्पोरेसन (एनएसी) सम्म आइपुग्दा बिना र फूलमायाको ऊर्जामा कमी देखिँदैनथ्यो। मानिसले खाद्य वा अखाद्य (सूर्तीजन्य) पदार्थ खाइसकेपछि त्यसका खोल जथाभावी सडक र फुटपाथमा फालिदिन्छन्। यसबाहेक हावाले उडाएर ल्याउने वा सडकबाटै निस्कने धुलोमैलो छँदैछ।

प्रकाशित मिति: : 2022-03-08 13:42:00

प्रतिकृया दिनुहोस्