एट्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

Dave ThompsonAP
Dave ThompsonAP

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ।

मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे। स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए।

जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2022-03-16 07:15:00

प्रतिकृया दिनुहोस्