यु-१८ महिला साफ : दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

Photo: ANFA
Photo: ANFA

पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु– १८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ।

जमसेदपुरमा हुने खेल साझ  सवा ७ बजे सुरु हुनेछ। बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ। यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ।

यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।

प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ। 

प्रकाशित मिति: : 2022-03-17 08:09:00

प्रतिकृया दिनुहोस्