सिर्जना : एक यात्री, अनेक अनुभूति

अनलाइनखबर

काठमाडौं

‘भन्नेहरूले त के-के भने, घुमेर के पाइन्छ ? खर्च कसले दिन्छ ? साथी को हो ? कहाँ जान लागेको ? के छ झोलामा ? केही गर्ने उम्मेरमा किन अनयासै डुलिरा ? मलाई यवात् कुरामा कुनै मतलब छैन ।

म एक यात्री हुँ । मौनतामा यात्रा गर्छु । मलाई कसैको प्रश्नको जवाफ दिनु छैन । समयले दिनेछ, जवाफ । यात्रा एक गहिरो अनुभूति र अनुभव हो । यसलाई भन्न, सुन्न र सुनाउन सजिलो छैन ।

अँ, साँच्चै यात्रालाई कसरी सुनाउने ? कसरी भन्ने ? तर आज म त्यही भन्न यहाँ छु ।’

फागुन २८ गते । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली उत्सव’को मञ्चमा यसरी नै आफ्ना अनुभव सुनाउँदै थिइन्, सिर्जना सिज्जु ।

प्रकाशित मिति: : 2022-03-26 11:45:00

प्रतिकृया दिनुहोस्