युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिडलाई हराएको छ। मङ्गलबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब सिटीले एथ्लेटिकोमाथि १-० गोलको जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएनले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७०औँ मिनेटमा उनले गरेको गोल नै सटीको जितमा निर्णायक बन्यो।
जितसँगै सिटीले पहिलो लेगमा अग्रता बनाउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। अब, दोस्रो लेगको खेल एथ्लेटिकोको मैदानमा अप्रिल १३ मा हुने छ।