स्थानीय तह निर्वाचन : कति छन् कर्णालीमा दल र मतदाता ?

File Photo
File Photo

कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिने दलको संख्यासमेत कम छ। अन्य प्रदेशको तुलनामा निर्वाचनमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो।

कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिन लागेका छन्।

रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए।

डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९, पुरुष ११ हजार ६१ जना रहेका छन्। त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन्।

रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन्।

सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्य ७९ हजार ९०४ रहेको छ। मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ।

जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८ सय ५८ छ।  दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ।

कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ।

९ लाख ८ हजार ४३३ जनाले आसन्न निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएकाे छ। जुम्लामा, हुम्लामा र कालीकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन।

प्रकाशित मिति: : 2022-04-15 11:07:00

प्रतिकृया दिनुहोस्