स्थानीय तह निर्वाचन : प्युठानमा पदकाे भागबण्डा मिल्याे

file photo
file photo

प्युठानमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर जाने निर्णय  भएको छ।

सोमबार बसेको पालिका स्तरीय गठबन्धन दलको बैठकले पदकाे भागबण्डा समेत गरेको छ।

नगरपालिकाको मेयर कांग्रेस र उपमेयर राष्ट्रिय जनमोर्चाको भागमा परेको छ। त्यस्तै वडाहरुमा उपप्रमुखसहित जनमोर्चालाई ४ वटा, नगप्रमुखसहित कांग्रेसलाई ३ वटा र माओवादीलाई २ वटा भागमा परेको छ।

दलहरुबीच वडाअध्यक्ष जुन पार्टीको छ, त्यसै पार्टीको चुनाव चिन्हमा वडा सदस्यहरु उम्मेदवार हुने सहमति समेत गरेका छन्। जिल्लास्तरमा भने सहमति हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-04-17 18:08:00

प्रतिकृया दिनुहोस्