कांग्रेसले पोखरामा एकीकृत समाजवादीसंग तालमेल नगर्ने

File Photo
File Photo

पोखरामा नेकपा एकीकृत समाजवादी पार्टीसंग कांग्रेसले तालमेल नगर्ने भएको छ।

पोखराको मेयर कुनै हालतमा नछाड्ने भन्दै केन्द्रमा दबाब बनाइराखेको नेकपा एकीकृत समाजवादीसँग कांग्रेसको तालमेल नगर्ने कांग्रेसले निर्णय गरेको हो।

कास्की कांग्रेसलेका सचिव भानुभक्त ढकालका अनुसार कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्लाएक्लै हिँड्ने निर्णय गरेको हो।

'मित्रवत् प्रतिस्पर्धा गरौँ। कास्की जिल्लाको गठबन्धन दलबाट एकीकृत समाजवादी पार्टीसँग सँगसँगै अगाडि बढ्न सकिएन। त्यसकारण यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मित्रवत् प्रतिष्पर्धा गर्न नेपाली कांग्रेस कास्कीको अपिल,' उनले फेसबुकमा लेखेका छन्।

केन्द्रमा स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा पोखराको मेयरमा समाजवादीले दाबी छाडेको छैन।

प्रकाशित मिति: : 2022-04-18 15:13:00

प्रतिकृया दिनुहोस्