एकीकृत समाजवादीकाे घोषणापत्र : २०० युनिट बिजुली निशुल्कदेखि पेय पदार्थकाे ब्राण्डिङ गर्नेसम्म (पूर्णपाठ)

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका 'आफ्नो गाउँ, आफैं बनाऔं' कार्यक्रमलाई समावेश गरेको छ।

घोषणापत्र अनुसार प्रत्येक घर परिवारलाई मासिक दुई सय युनिट बिजुली निशुल्क उपलब्ध गराउने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन्।

नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ। यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ पाँच दलीय गठबन्धनबाट अघि बढिरहेको छ।

प्रकाशित मिति: : 2022-04-19 15:18:00

प्रतिकृया दिनुहोस्