भूमिकास्थान नगरपालिकाकाे उपमेयरमा ठाकुर साैरागकाे दाबी

Breaknlinks
Breaknlinks

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाको उपमेयरमा नेकपा (माओवादी केन्द्र)बाट युवा नेता ठाकुर साैराग ‘आदर्श’ले दाबी गरेका छन्। यस क्षेत्रमा युवा नेतृत्वकर्ताकाे रूपमा राम्रो छवि भएका उनले आसन्न स्थानीय तह निर्वाचनमा भूमिकास्थानको उपमेयरमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सम्रग भूमिकास्थानकाे विकासकाे लागि युवा नेतृत्वकाे रूपमा आफूले उम्मेदवारी दिने निर्णय गरेकाे उनले बिएल नेपाली सेवासँग बताए।

वि.सं. २०५७/०५८ मा माओवादी जनयुद्धबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका सौराग लामो समयदेखि माओवादी निकट विभिन्न संगठनमा रहेर काम गर्दै आएका छन्। हाल वाइसियल नेपालका स्थायी कमिटी सदस्य तथा नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका सौराग यस क्षेत्रका निक्कै प्रभावशाली नेता मानिन्छ। अध्ययनशील तथा प्रखर वक्ताका रूपमा उनकाे छुट्टै पहिचान रहेकाे छ।

गणतन्त्र, संघीयता, समानुपातिक, समावेसी, धर्मनिर्पक्षतालागायतका मुद्दामा पार्टीले हासिल गरेका उपलब्धिमा उनकाे ठूलाे याेगदान रहेकाे छ।

स्थानीयस्तरमा विकास निर्माणका कामदेखि लिएर सामाजिक तथा राजनीतिक कुराकाे राम्राे अनुभव भएका तथा संघ र प्रदेशस्तरमा राम्राे पहुँच राख्ने उनले विगतदेखि नै यस क्षेत्रमा याेजना निर्माणदेखि लिएर धेरै काम गर्दै आएका छन्।

‘हामीले हाम्राे समुदायकाे परिर्वतनकाे लागि लामाे समयदेखि संघर्ष गर्दै आयाैँ, हामीले जुन उपलब्धि हासिल गरेका छाैँ यसमा हाम्राे ठूलाे हात छ। मैले समाज र राष्ट्रकाे लागि धेरै काम गर्दै आएकाे छु,’ युवा नेता साैरागले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने,‘मैले समाजकाे लागि जहाँ भएपनि काम त गरेकै छु। तर, अब एउटा तहमा बसेर जनताकाे थप सेवा गर्नकाे लागि मैले उपमेयर पदमा उम्मेदवारी दिने निर्णय गरेकाे हाे विश्वास छ सबैले साथ दिनुहुनेछ।’

जनसेवालाई ‘बैधानिकता दिन’ जनप्रतिनिधि हुने रहर साँचेको पनि उनले सुनाए।

प्रकाशित मिति: : 2022-04-20 08:56:00

प्रतिकृया दिनुहोस्