मेयरको दबाबका लागि पोखराका कांग्रेस वडा सभापतिहरू बैठकमा

एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन्।

उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन्।

‘बैठक बस्र छलफल हुन्छ। सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौं,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गर्छौं।’

अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ। बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेद्वार उठाएर जाने थापाले बताए।

सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2022-04-20 15:34:00

प्रतिकृया दिनुहोस्