२०७८ माघ २१ गते, शुक्रबारको दिन। सोच आयो, ‘हाइकिङ’ जाने। सुनेकी थिएँ, हाइकिङको लागि राम्रो ठाउँ ‘चिसापानी’ हुन्छ रे! त्यसैले पनि होला मलाई त्यहीँ पुग्ने मन भयो।
मैले बनाएकाे मेरो योजना दिदी सरिता, बहिनी मौसमी र छोरा सन्दिपलाई सुनाएँ।
उनीहरु पनि उत्साहित हुन थाले, हाइकिङ जाने कुरा सुनेर। भोलि सबेरै उठ्ने अनि बाटो लाग्ने हाम्रो योजना बन्यो।
योजना बनाउँदै रमाइरहेकी मलाई बहिनीले भन्न थालिन्,‘अहिलेसम्म हामीमध्ये कोही चिसापानी गएका छैनौँ, के हामी पुग्न सक्छौँ होला र?’
उसको कुरा सुनेर मैले भने,‘कोही पनि गएका छैनौँ, त्यसैले त जान लागेको नी। सो जस्ट चिल डियर।’
मेरो जवाफ सुनेर हाँस्दै उनले भनिन्, ‘ल ल!’
भोलिपल्ट बिहान ५ बजे नै निन्द्राबाट झस्किँए।
बेलुका सुत्नुअघि राखिएको ‘आलराम’को घण्टी नबज्दै मेरो आँखा खुलेकाे थियाे।
शनिबारको दिन सबेरै उठेकाे देखेर होला मम्मीले भन्दै हुन्नुथ्यो,‘आज कहाँबाट घाम झुल्किन्छ।’
बिहानै उठेकी मैले सबैलाई उठाउन थालेँ। हतारिँदै उठेका उनीहरू ढिला हुन्छ भन्दै चिया नास्ता गर्न थाले। सबै जनाले खाजा खाइसकेपछि हामी ६ बजे घरबाट निस्कियौँ।
घरबाट निस्किदैँ गर्दा हामीले एकै स्वरमा भन्यौँ,‘गयौँ है हामी’ हाम्रो कुरा सुनेकी भाउजूले पनि भन्दै हुनुन्थ्यो, ‘ल ल ह्याब अ नाइस डेट।’
घरबाट निस्किएका हामी १५ मिनेटपछि नेपाल मेडिकल कलेज पुग्यौँ। जहाँबाट हामीले सुन्दरीजल जाने बस समात्यौँ।
गाडी चढेको ४५ मिनेटपछि हामी सुन्दरीजल पुग्यौँ। ७ बजे सुन्दरीजल पुगेका हामीले चिसापानी पुग्न अझै ४५ किमी यात्रा तय गर्नु पथ्यो।
चिसापानी पुग्न हाम्रो लागि पहिलो खुड्किला थियो, सुन्दरीजल।
सुन्दरीजलबाट हिँडेको ५ मिनेटपछि हामी ओकालो चढ्ने ठाउँमा पुग्यौँ। यहाँ पुगेपछि सन्दिपले भन्न थाले,‘बाटो त कस्तो उकालो पो रहेछ त!’
उनको कुरा सुनेर मैले भने,‘बाबु, यो त सुरुवात मात्र हो।’
ओकालो चढेर हिँडेका हामी १५ मिनेटपछि झरनामा पुग्यौँ। अरु समय फोटो खिच्ने मान्छेको भीड लाग्ने झरनामा त्यो बेला भने माहोल शान्त थियो। चिसो हावा त्यसैमाथि झरनाको आवाज। मननै आन्नदित बनाउने क्षण।
अरुदिन सुन्दरीजल घुम्न मन नपराउने म त्यो दिन भने निकै रमाइलो लागिरहेको थियो। झरनाबाट हिँडेकाे १० मिनेटपछि हामी ‘पानी टुयाङकी’ पुग्यौँ। जहाँ देखिन्थ्यो, पानीको दह।
त्यहाँ बाटाेबाट हामी जंगलतर्फ लाग्यौँ। पहिलो पटक जंगल पसेका हामी गीत गाउँदै हिँड्न थाल्यौँ।
जगंलबाट हिँडेको एक घण्टापछि हामी मुलखर्क गाउँ पुग्यौँ। जहाँको दृश्य थियो,–भिरालो जमिन, माटोको घर अनि चिसो हावा।
गाउँ पुगेपछि सन्दिपले भने,‘खाजा खाम है, भोक लाग्यो।’
उनको कुरामा सहमति जनाउँदै हामीले बोकेर ल्याएको झोलाबाट खाजा निकालेर खान थाल्यौँ। खाजा खाएर बसिरहेका हामीले घडी हेर्दा त साढे ९ बजिसकेको रहिछ।
चिसापानी पुग्न ढिला हुन्छ भन्दै हामी हतारिदैँ बाटो लाग्न थाल्यौँ।
हिँड्दै गर्दा हामी ७० वर्षकी ‘ठूली वाइबा’ को घर पुग्यौँ। त्यहाँ पुगेका हामीले उहाँसँग सोध्यौँ,‘आमा चिसोपानी पुग्न कत्ति समय लाग्छ।’ उहाँले औँला गन्दै भन्नु भयो, ‘अब ४ घण्टा लाग्छ, नानी!’
उहाँको कुरा सुनेरले बहिनीले भन्न थालिन्,‘अझै त्यत्रो टाढा ? बरु घर जाम!’
उनको कुरामा दिदी र भाइले पनि सहमति जनाए। तर, मैले भने, ‘यतिको टाढा आइसक्यौँ, अब हामी जानैपर्छ।’
मेरो कुरा सुनेर रुन्चे मुख लगाएका भाइलाई मैले भने,‘अब, हामी कथा सुनाउँदै जाने है!’
मुलखर्क गाउँ कटेपछि हामी अर्को जगंल पुग्याैँ। जुन हामी हिँडेर आएको जंगलभन्दा बाक्लो दखिन्थ्याे।
जगंल हिँडिरहेका हामीले पालैपालो गरेर कथा सुनाउन थाल्यौँ। माहाेल रमाइलाे बन्दै थियो। त्यतिकैमा दिदीले भन्नुभयो,‘यो जगंल त झनै डर लाग्दो पो हुन थाल्यो त!’
उहाँको कुरा सुनेर मन डराउन थाल्यो। तर, भाइ–बहिनी अगाडि मुटु दरो बनाएर भन्न थाले,‘त्यस्तो होइन दिदी, नडराउनु न!’
उहाँले फेरि भन्नुभयो, ‘हैन, बहिनी यो जगंलमा जनावर होला, हामीलाई भेट्यो भने त एकै छाक बनाउँछ।’
त्यसै त डराएको मेरो मन जनावरको नाम सुन्ने बित्तिकै अतालिन थाल्यो। त्यतिकैमा रिसाउँदै बहिनीले भनिन्,‘यो सबै तेरो गल्ती हो, हामीलाई यो ठाउँमा तैले नै ल्याएको हो!’
बहिनीको कुरा सुनेर झोक्किएर भने,‘चुप लागेर बस!’
मनमा उब्जिएको डरले यति छिटो हाम्रो पाइला चलिरहेको थियो कि, त्यति त हाम्रो मुटु चलेको पनि थिएन होला। जगंलमा हिँडेको साढे ५ घण्टापछि हामी जगंलको चोबाटो पुग्यौँ। जहाँबाट देखिन्थ्यो, सेतो हिमाल।
पररबाट देखिएको हिमाल र भुइँमा खसेको हिउँको दृश्यले थाकिएका हामीमा छुट्टै जोश आयो।
भाइ–बहिनी हिउँसँग खैल्दै रमाउँदै थिए। हामी पनि फाेटाे खिच्दै रमाउन थाल्याैँ।
हिउँसँग खेल्नमा मस्त रहेका हामी केही समयपछि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। आधा घण्टादखि हिँडिरहेका हामी एउटा बोर्ड भएको ठाउँमा पुग्यौँ, जहाँ लेखिएको थियो, चिसापानी।
त्यो बोर्ड देखेका हामीले खुसी हुन्दै भन्न थाल्याैँ– अब, आउन लाग्यो है चिसापानी।’
जति हामी कदम बढाउँदै थियो, त्यति नै चिसो पनि बढ्दै थियो। मन उत्साहित हुन थाल्याे। अनि साेच्दै हिँड्न थालेँ,‘धेरै टाढा रहिछ, चिसापानी।’
हामी हिँडेको १० मिनेटपछि पुग्याैँ, चिसापानी। जहाँबाट देखिन्थ्यो– हाँसिरहेको सेताे हिमाल र हरियालीले भरिएकाे खाजा घरहरु।
हिँडेकाे ६ घण्टापछि बल्ल चिसापानी पुगेका हामीले चिच्याउँदै एकै स्वरमा भन्न थाल्याैँ, फाइनली चिसापानी।