गठबन्धनबाट पोखराको मेयरमा धनराज आचार्य

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य सिफारिस भएका छन्।

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकबाट औपचारिक रुपमा आचार्यको नाम टुंगिए पनि सार्वजनिक भएको छैन। बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका एक पोलिटब्यूरो सदस्यले उनलाई उम्मेद्वार बनाउने निर्णय भए पनि आइतबार मात्रै सार्वजनिक गर्ने पार्टी निर्णय भएको छ।

धनराजलाई यसअघि नै उम्मेद्वार उठाउने चर्चा भए पनि पार्टीले अहिले आधिकारिक निर्णय गरेको हो।

प्रकाशित मिति: : 2022-04-23 21:23:00

प्रतिकृया दिनुहोस्