‘युथ आइकन’ अर्थात् कुलानन्द डाँगीः मतदाता भेट्छन्, युवा र विकासको चर्चा गर्छन्

बिएल संवाददाता

गंगादेव, रोल्पा
Breaknlinks
Breaknlinks

नेकपा (एमाले)बाट रोल्पा गंगादेव गाउँपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवार ‘युथ आइकन’ अर्थात् कुलानन्द डाँगी घरदैलोमा व्यस्त छन्। आफूले तयार पारेको चुनावी घोषणा–पत्र बोकेर उनी टोल–टोलमा पुगिरहेका छन्।

उम्मेदवार डाँगी मतदाता माझ आफ्ना एजेन्डा राख्छन् र आफू र आफ्नो पार्टीलाई भोट माग्छन्। आकर्षक नारासँगै गाउँ–ठाउँको विकासे चर्चा गर्छन्, उनी।

वडाको विकासका लागि आफू नै योग्य उम्मेदवार भएको दाबी गर्छन्, डाँगी। उनी गंगादेवका लोकप्रिय युवा राजनीतिज्ञ तथा समाजसेवीहरूको सूचीमा पहिलो नम्बरमा पर्छन्। धेरैजसो युवाहरू उनकै प्रचार–प्रचारमा केन्द्रीत छन्।

घरघरमा भोट माग्दै शिक्षा, स्वास्थ्य, बाटो–घाटो, पुल–पुलेसा र वन–जंगलको चर्चा गर्छन्, डाँगी। मतदातालाई आफ्नो ‘चुनाव चिन्ह सूर्य, पार्टी एमाले, काम समाजसेवा र नाम कुलानन्द’ स्मरण गराउन बारम्बार मतदातासँगै भेटिन्छन्। यसो त उम्मेदवार डाँगीलाई नचिन्ने र उनको सरल जीवनशैली नजान्ने कोहि छैनन्। तैपनि सबैसँग नजिकिने, दुःख–सुखमा साथ दिने उनको स्वभाव हो।

समाजसेवासँगै व्यापार–व्यवसाय संलग्न रहेका उनी स्थानीयको आग्रहपछि वडाध्यक्षमा चुनाव लड्न तयार भएका हुन्। उनी वडावासीले खोजेर–रोजेर चुनावी मैदानमा ल्याएका युवा उम्मेदवार हुन्। त्यतिमात्र होइन। उनी विचारमा प्रष्ट, अडानमा स्पष्ट र युवा जमातको आस्था हुन्।

विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, युवालाई सीपमुलक कार्यक्रम प्रदान गर्ने, शिक्षा र स्वास्थ्यमा जनचेतना फैलाउने, आधुनिक कृषिमा युवा पुस्ता जोड्ने, खानेपानीको राम्रो व्यवस्थापन गर्ने लगायतका विषयमा उनी बढी चर्चा गर्छन्।

जनप्रेमी र विकासे नारा लिएर चुनावी मेदनामा उत्रिएका डाँगी घरदैलो अभियानमा सक्रिय छन्। र, उनी भन्छन्– युवालाई रोजौं, भ्रष्टाचार अन्त्य गरौं। सभ्य समाजको निर्माण गरौं। युवाले जिते विकास र सुशासनले जित्नेछ।

प्रकाशित मिति: : 2022-04-24 08:48:00

प्रतिकृया दिनुहोस्